घटना

डोटीमा घाँस काट्न गएकी महिला मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डोटी । डोटीमा घाँस काट्न गएकी महिला मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्लाको दिपायल सिलढी नगरपालिका –७ पाकरीकन ४८ वर्षीया चन्द्रा विष्ट मृत अवस्थाान गाउँनजिकको जङ्गलमा फेला पर्नुभएको हो ।

स्थानीय हिक्मतबहादुर विष्टका अनुसार चन्द्रा शनिबार बिहान ११ बजेतिर घाँस काट्न भनेर घरबाट निस्किनु भएको थियो । साँझ ७ बजेसम्म घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । 

बिज्ञापन

खोजीकार्यका लागि प्रहरीलाई राति ९ बजे खबर गरिएको थियो । आइतबार बिहान चन्द्राको शव घरभन्दा आधा घण्टाको दूरीमा रहेको जङ्गलमा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए । शव जङ्गलमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।