खेलकुद

उरुग्वेलाई हराउँदै २३ वर्षपछि कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। अमेरिकामा जारी कोपा अमेरिकाको उपाधिका लागि साविक विजेता अर्जेन्टिनाले कोलम्बियासँग खेल्ने भएको छ।

बिहीबार बिहान भएको सेमिफाइनलमा कोलम्बियाले उरुग्वेलाई १-० गोलले हरायो।

बिज्ञापन

कोलम्बियाको जितमा जेफर्सन लर्माले गोल गरे।उनले ३९ औँ मिनेटमा हामेस रोड्रिगुएजको पासमा गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी समयमा १० खेलाडीमा सीमित भएको कोलम्बियाविरुद्ध उरुग्वेले त्यसको फाइदा उठाउन सकेन। यसअघि पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलले हराएको थियो।

कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनल पुगेको हो। यसअघि सन् २००१ मा आयोजित संस्करणमा फाइनल पुगेर पछि उपाधि नै जितेको थियो। समग्रमा तेस्रोपटक फाइनल पुगेको हो।

सन् १९७५ मा फाइनलसम्म पुगेर उपविजेतामा सिमित भएको थियो। अर्जेन्टिना कीर्तिमानी १६ औँ पटक कोपा अमेरिका जित्ने प्रयाशमा छ। सन् २०२१ मा ब्राजिललाई हराएर अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।