घटना

एउटै कुकुरले ९ जनालाई टोक्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर । बिहीबार विहान मोरङको बेलबारीमा एउटा कुकुरले आतंक मचाएको छ । बिहान साढे ९ बजे बेलबारी नगरपालिका– १ र ३ नम्बरमा आतंका मच्चाउँदै ९ जनालाई टोकेको हो ।

घर वरपर काम गरिरहेका र बाटो हिँडिरहेकालाई कुकुरले लखेटीलखेटी टोकेको थियो । कुकुरले गाउँका केही घरपालुवा कुकुरलाई पनि टोकेको थियो ।

बिज्ञापन

बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईका अनुसार बेलबारी–३ का ८५ वर्षीय पदमबहादुर घिसिङ, उनकी श्रीमती ८० वर्षीया सावित्री घिसिङ, ८५ वर्षीया धनमाया मगर, ६२ वर्षीय दिलबहादुर गुरुङ, बेलबारी–१ का ७१ वर्षीय तुलसीप्रसाद दाहाल, ५३ वर्षीय तिलकबहादुर श्रेष्ठ, ४५ वर्षीय फिबुनन्द लावती, ३४ वर्षीय हरिचन्द्र कार्की र ३३ वर्षीय मिलन राईलाई कुकुरले टोकेको थियो ।

पदमबहादुरको मुख, सावित्रीको दाहिने हात र तीघ्रा, धनमायाको दाहिने नाडी, तुलसी र दिलबहादुरको मुखमा कुकुरले टोकेको थियो ।

कुकुरले टोकेर घाइते भएकाहरुको कोशी अस्पताल विराटनगरमामा उपचार गरिएको छ । उनका अनुसार कुकुरले आतंक मचाएको क्षेत्र बेलबारी–१ र ३ सिमानामा पर्छ ।
गाउँमा आतंक फैलाउने कुकुरका धनी फेला नपरेको उनले बताए । गाउँमा आतंक मचाएको कुकुरलाई स्थानीयले मारेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।