घटना

कुखुरा फार्मका सञ्चालकको हत्यामा संलग्न दम्पती पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित कुखुरा फार्मका सञ्चालकको हत्यामा संलग्न दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ घर भइ कुखुरा फार्ममा काम गर्दै आएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी रहेका छन्। प्रहरीका अनुसार डेढ महिना अघिदेखि कुखुरा फार्ममा काम गर्दै आएका दम्पतीले फार्मका सञ्चालक सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको बिहीबार हत्या गरेका थिए। 

हत्यापछि फरार भएका उनीहरुलाई सुनसरीको धरान उपमहानगरपालिका–१२ स्थित अरुणोदय धर्मशालाको गेस्ट हाउसबाट साँझ ७:३० बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। धरानबाट पक्राउ गरेर उनीहरुलाई थप अनुसन्धान एवं कारबाहीको प्रक्रिया अघि बढाउन मोरङको इलाका प्रहरी कार्यालय बेलबारी ल्याइएको उनले बताए। हत्यामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ। 

बिज्ञापन

प्रहरीका अनुसार फार्मका सञ्चालकले काम गरेको पैसा नदिने र गालीगलौज गर्दै तुच्छ व्यवहार गर्ने गरेका कारण सहन नसकेर हत्या गरेको दम्पतीले स्वीकार गरेका छन्। टाउको क्षतविक्षत भएको बीभत्स अवस्थामा बजगाईंको शव बिहीबार बिहान १०:३० बजेतिर कुखुरा फार्मभित्रै फेला परेको थियो। बन्चरो र दाउ प्रहार गरेर बजगाईंको हत्या गरेपछि कामदार दम्पती फरार भएको एसपी कार्कीले बताए। घटनास्थलबाट प्रहरीले रगत लतपतिएको अवस्थामा बन्चरो र दाउ बरामद गरेको थियो। घटनाको जानकारी पाउनसाथ मोरङ प्रहरी प्रमुख एसपी कार्की र इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको संयुक्त टोली घटनास्थल पुगेको थियो। इन्सपेक्टर दाहाल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।