टीकापुरमा खाल्डोमा डुबेर बालकको मृत्यु

टीकापुर : कैलालीको टीकापुर नगरपालिका-१ मा खाल्डोमा नुहाउने क्रममा १० वर्षीय बालकको मृत्यु भएको छ।
साथीहरूसहित नुहाउन गएका एकतापुर शिविरका लक्ष्मण चौधरीका छोरा आर्नेल चौधरीको निर्माणाधीन शीत भण्डारको खाल्डोमा नुहाउने क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी विश्वराज अधिकारीका अनुसार दिउँसो ४ बजे साथीहरूसहित शीत भण्डारको खाल्डोमा नुहाउन गएका डलरको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो।
खाल्डोमा नुहाउने क्रममा डुबेका उनको स्थानीयले उद्धार गरेर अस्पताल पुर्याएका थिए। उनको शव टीकापुर अस्पतालमा राखिएको छ भने पोस्टमार्टम हुन बाँकी छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
