स्पेनले जित्यो चौथो पटक युरो कप

इङ्ल्यान्डलाई पराजित गर्दै स्पेनले चौथोपल्ट युरो कप जितेको छ। स्पेनले इङ्ल्यान्डलाई २-१ गोलअन्तरले पराजित गर्दै कीर्तिमानी चौथोपल्ट उपाधि जतेको हो। जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार बिहान सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो।
दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए थिए। अनमार्क रहेका उनले डी बक्स बाहिरबाट लामिन यमलले दिएको पासमा गोल गरेका हुन् । तर, त्यो अग्रता स्पेनले जोगाउन सकेन। ७३औं मिनेटमा जुड बेलिङ्घमले दिएको ब्याक पासमा कोल पाल्मरले गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए।

स्पेन ८६औं मिनेटमा खेलमा फर्कियो। काइल वाकरलाई बिट गर्दै मार्क कुकुरेलाले दिएको पासमा रन बनाउँदै माइकल ओयारजाबलले गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए।
स्पेनले पहिलोपल्ट सन् १९६४ मा युरो कप जितेको थियो। त्यसपछि स्पेन तीन सिजन छनोट हुन सकेन। १९८४ मा फाइनलमा पराजित भएको स्पेनले दोस्रो उपाधि जित्न २४ वर्ष कुर्न परेको थियो।
स्पेनले २००८ मा स्विट्जरल्यान्ड आयोजित प्रतियोगितामा जर्मनीलाई पराजित गरेको थियो। त्यसको चार वर्षपछि पोल्यान्ड र युक्रेनले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा इटालीलाई पराजित गर्दै स्पेन तेस्रोपल्ट च्याम्पियन बनेको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
