राष्ट्रिय समाचार

प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल गठन : गृहमा लेखक, अर्थमा पौडेल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल गठन गरेका छन्।  प्रधानमन्त्री ओलीले प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्री र विष्णु पौडेललाई  उपप्रधान एवं अर्थमन्त्रीमा नियुक्त गरेका छन्।

यसैगरी गृहमन्त्रीमा रमेश  लेखक, परराष्ट्रमा आरजु राणा देउवा,कानुन न्याय तथा संसदीय मामिलामा अजय चौरासीया,पर्यटन तथा संस्कृति मन्त्रीमा बद्रीप्रसाद पाण्डे,स्वास्थ्य  तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेल नियुक्त भएका छन्।

बिज्ञापन

यसैगरी शिक्षा मन्त्रीमा विद्या भट्टराई, रक्षामन्त्रीमा मानवीर राई,कृषिमन्त्रीमा रामनाथ अधिकारी,उद्योगमा दामोदर भण्डारी,श्रममा शरदसिंह भण्डारी,सञ्चारमा पृथ्वी सुब्बा गुरूङ,खानेपानीमा प्रदीप यादव र नवल किशोर साह महिला मन्त्री बनेका छन्।

उर्जामा दिपक खड्का, भौतिक पूर्वाधारमा देवेन्द्र दाहाल , भूमिसुधारमा बलराम अधिकारी, वनमा ऐनबहादुर शाही र खेलकुदमा  तेजुलाल चौधरी नियुक्त भएका छन्। 

नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।