प्रधानमन्त्रीमा केपी ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको छ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले रिट दर्ताको क्रममा रहेको बताए।

ओलीको नियुक्ति संविधान विपरीत भएको भन्दै बदरको माग गरिएको छ। संविधानको धारा ७६(३) बमोजिम सरकार गठन हुनुपर्ने रिटमा जिकिर गरिएको छ।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले धारा ७६(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए।
खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले संयुक्तरुपमा रिट दायरका लागि सर्वोच्च पुगेका हुन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
