न्युरोडमा बालेनको पुत्ला जलाइयो, टेन्ट लगाएर बसे स्थानीयबासी
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । न्यूरोडका स्थानीयबासीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको पुत्ला दहन गरेका छन् । महानगरले फुटपाथ विस्तारको कामलाई अघि बढाएपछि स्थानीयबासी विरोधमा उत्रिँदै मेयर बालनेकाे पुत्ला जलाएका हुन् ।
उच्च अदालतले महानगरको पक्षमा फैसला गरेपछि महानगरले डोजरसहित फुटपाथ विस्तारमा फर्केको थियो । त्यसको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । साथै उनीहरुले सडकमै टेन्ट लगाएर बसेका छन् । शुक्रबार बेलुका टेन्ट लगाएर स्थानीय सडकमै बसेका हुन् ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
