स्वास्थ तथा सरसफाइ

निपाह भाइरसबाट दुइ जनाको मृत्यु , ६० जनामा संक्रमण पुष्टि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भारतको केरला राज्यमा निपाह भाइरसका कारण दुइ जनाको मृत्यु भएपछि उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ । 

अन्य ६० जनामा समेत सो रोगको संक्रमण पुष्टि भएको भन्दै स्वास्थ्य सतर्कता उच्च बनाइएको स्वास्थ्यमन्त्रीलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ ।

बिज्ञापन

केरलाको स्वास्थ्यमन्त्री वीणा जर्जले शहरका ती बालकमा रोग पाइएको र उनीसँग सम्पर्कमा आएकाहरूलाई अलग्गै राखेर परीक्षण गरिएको बताउनुभएको छ । 

सो क्षेत्रका मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान नभनिएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका अनुसार निपाह भाइरस संक्रमण सुँगुर र चमेरा लगायतबाट मानिसमा सर्ने जुनोटिक रोगहो । ज्वरो, टाउको दुख्ने ,मांसपेशी दुख्ने, घाँटी दुख्नु यो रोगका मुख्य लक्षण हुन् । 

निपाह देखिएसँगै केरला राज्य सरकारले प्रकोप रोक्न कार्ययोजना बनाइरहेको बताएको छ । यसअघि सन् २००१ र २००७ मा पश्चिम बंगालको पूर्वी राज्यमा सो संक्रमण देखिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।