अवर्गीकृत

२२ जुलाई विश्वकै सबैभन्दा तातो दिन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पेरिस । युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली संघ (ईयू)को जलवायु अनुगमनकर्ताले २२ जुलाईमा लगातार दोस्रो दिन पृथ्वीमा अत्यधिक तातो भएको जनाएको छ ।

कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस)को प्रारम्भिक तथ्यांकनुसार सोमबार दैनिक औसत तापक्रम १७ दशमलव १५ डिग्री सेल्सियस पुगेको थियो । यसको एक दिनअघि अर्थात् २१ जुलाईमा शून्य दशमलव शून्य ६ डिग्री सेल्सियस कम तातो थियो । यद्यपि, यो एक वर्षपहिले रेकर्ड भएको सर्वकालिक उच्च तापमानभन्दा सामान्य बढी हो ।

बिज्ञापन

पृथ्वीको तथ्यांक प्रयोग गरेर वास्तविक समयको नजिक विश्वव्यापी वायु र समुद्री तापमान अद्यावधिक गर्ने संस्था कोपर्निकसको आँकडा अस्थायी रहेको र अन्तिम मानहरू धेरै फरक हुनसक्ने बताइएको छ ।

‘जलवायु विज्ञानले हामीलाई भनेको कुरा यही हो कि यदि विश्वले कोइला, तेल र ग्याँस जलाइरह्यो भने तापक्रम वृद्धिले भयावह स्थितिको सिर्जना गर्न सक्छ,’ इम्पेरियल कलेज लन्डनका जलवायु वैज्ञानिक जोइस किमुताईले भने ।

‘सन् २०२३ जुनदेखि हरेक महिना अघिल्लो वर्षको सोही महिनाको तुलनामा तापक्रम वृद्धि रेकर्ड मापन गरिएको छ,’ सीथ्रीएसका निर्देशक कार्लो बुओनटेम्पोले यसलाई ‘वास्तवमै आश्चर्यजनक’ भनेका छन् ।

जलवायु परिवर्तनले लामो, कडा र अत्यधिक चरम मौसमी घटनाको जोखिम निम्त्याइरहेको छ र यसले यस वर्ष संसारभरका ठूला विपत्तिहरूलाई संकेत गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।