सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा एकै परिवारका तीन जनाको मृत्यु भएको खुलेको छ।
बुधबार बिहान ११:११ बजे काठमाडौंबाट पोखरा उडेको सौर्यको ९ एन-एएमई/सिआरजे २०० कलसाइनको जहाज दुर्घटनामा परेको हो।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। क्याप्टेन मनीष शाक्यको भने उद्धार गरेर अस्पतालमा उपचार गरिएको छ।
ज्यान गुमाउनेमध्ये एकै परिवारका तीन जना रहेको खुलेको हो।
एयरलाइन्सका प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र उनीहरूका छोरा अधिराज शर्माको मृत्यु भएको हो। प्रिजा ऊर्जा मन्त्रालयमा काम गर्थिन्।
जहाजमा रहेका सबै सौर्य एयरलाइन्सकै कर्मचारी भने पनि केही परिवारका सदस्य पनि रहेको खुलेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
