घटना

दैलेखमा २ किशोरी खोलाले बगायो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दैलेख । पौडीलाई खेलिरहेका एकै घरका दुई किशोरीहरुलाई खोलाले बगाएर ज्यान गएको छ । महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षीया भतिजी भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए ।

गाई–बाख्रा गोठाला गएकी किशोरीहरु छामघाटको कुन्टा रहमा पौडी खेल्दै गर्दा बगेकामा झण्डै पाँच सय मीटर टाढा काफलखेत नजिक सपना र करिब तीन किलोमीटर टाढा जडेपिपल नजिक भावनाको शव फेला परेको बताइएको छ ।

बिज्ञापन

पौडी खेल्न राम्रै जानेका यी फुपूभतिजी बगे लगतै वारीपारीबाट देख्नेहरुले उद्धार गर्न खोजेको तर खोला धमिलो र वहाव पनि धेरै भएको कारण खोला किनारामा मृत फेला पारिएको स्थानीय बिष्णु बुढाले बताए । दुबै जना मालिका मावि बाँसीको कक्षा ९ मा अध्ययनरत छात्रा हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।