घटना

मोरङको बूढीगंगामा नहरले बगाएर वृद्धको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–७ मा नुहाउने क्रममा नहरले बगाएर एक जना वृद्धको मृत्यु भएको छ । सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरले बगाएर ७० वर्षीय साजुलाल चौधरीको मृत्यु भएको हो । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार वृद्धलाई नुहाउने क्रममा शनिबार दिउँसो ३:३० बजेतिर नहरले बगाएको थियो । खोजी गर्ने क्रममा घटनास्थलबाट सय मिटरजति तल शव फेला परेको जानकारी उनले दिए । 

बिज्ञापन

‘नुहाउने क्रममा वृद्धलाई नहरले बगाएछ,’ बस्नेतले भने, ‘खोजतलास गर्दा पूर्वतर्फ सय मिटरजति तल नहरको साइडमा शव फेला पर्‍यो ।’ 

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।