अमेरिकाको टेक्ससमा एक नेपालीको हत्या
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटी नजिक हाइवे-३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो । उनी रुकुम बाफीकोटका स्थानीय हुन् ।
बिज्ञापन

स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ । हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो ।अधिकारीहरुका अनुसार घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ । अहिले घटनाको अनुसन्धान भइरहेको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
