८४ मा एक्लै चुनाव लडेर जित्ने उद्देश्यले अघि बढ्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ अघि बढ्ने बताएका छन् ।
आइतबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आगामी दिनमा पार्टीलाई रुपान्तरण सहित गतिशील बनाउँदै ८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ पार्टीमा छलफल चलिरहेको बताएका हुन् ।

उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक विकासको बाटोमा काम गरिरहँदा सुशासनको डरमा भ्रष्टहरू मिलेर आफू नेतृत्वको सरकारलाई ढालेको उल्लेख गरे ।
आफूहरू सरकार छाड्दा विजेताका रूपमा निस्केको र सरकारमा जानेहरू हारेजस्तो देखिएको उनले बताए । प्रचण्डले सरकारबाट बाहिरिएपछि पार्टीलाई बलियो बनाउँदै संगठन विस्तारमा ध्यान केन्द्रित गर्ने अवसर प्राप्त भएको धारणा राखे ।
कार्यक्रममा मकवानपुरका एमाले, कांग्रेस, रास्वपालगायत दलबाट नेता कार्यकर्ता माओवादीमा भित्रिएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
