राजनीति

राप्रपाका जिल्ला अध्यक्षहरुको भेला काठमाडौंमा बिहीबारबाट हुँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्षहरुको भेला बिहीबारबाट काठमाडौंमा हुँदैछ। धुम्बाराहीस्थित एस आर बैंक्वेटमा दुई दिन चल्ने भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।

उनले भने,‘भेलामा पार्टीको समग्र सांगठनिक अवस्थाको गम्भीर समीक्षा गरिने,विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने, पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी बैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा सबै तहको अधिवेशन सम्पन्न गर्ने साथै ०८४ मा हुने तीन तहकै निर्वाचनको तयारीमा अहिलेदेखि कस्तो रणनीति तय हुने भन्ने विषयमा पनि छलफल हुनेछ।’

बिज्ञापन

भेलामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाका बारे जिल्ला अध्यक्षहरुलाई ब्रिफिङ् गर्नेछन्। 

यसैगरी पार्टीका पूर्व अध्यक्ष पशुपति शमसेर जबरा, निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी र नेताहरुले पार्टी संगठनका विविध पक्षमा जिल्ला अध्यक्षहरुसंग सामुहिक छलफल गर्ने कार्यक्रम समेत रहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।