घटना

पाकिस्तानमा जमिनको विषयमा विवाद, ४३ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

स्लामावाद : पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा जग्गा विवादमा चर्किएको द्वन्द्वमा परी ४३ जनाको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ । पाकिस्तानको  कुर्रमको पारा चिनारको उपनगर बुशेहरामा उक्त घटना भएको हो।

पाकिस्तानमा आन्तरिक द्वन्द्व चलिरहेको अवस्थामा खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रको द्वन्द्व लामो र हिंसात्मक हुन सक्ने अधिकारीहरुले बताएका छन्।

बिज्ञापन

यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने आदिवासीबीचको हो । अधिकारीहरुका अनुसार ७ दिनअघि सुरु भएको लडाई कुर्रम जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको छ ।

मारिनेहरु मध्ये ३५ शिया र आठ सुन्नी मुसलमान छन् । 

अधिकारीका अनुसार सुन्नी मुस्लिम मदागी र शिया माली खेल जनजातिहरू यस क्षेत्रमा बुधबारदेखि लडिरहेका छन् । बन्दुकधारीले कृषि भूमिको विवादमा गोली हानेको स्थानीय प्रहरी अधिकारी मुर्तजा हुसेनले जानकारी दिए।  

आक्रमणको जानकारी दिँदै अफगानिस्तानको सिमावर्ती जिल्ला कुर्रम छेउछाउका बासिन्दाबीच लामो समयदेखि धार्मिक तनाव बढिरेको जनाएका छन्। 

सरकारले कुर्रम आदिवासी जिल्लामा युद्धविराम गरेपछि पनि गोलीबारी पुनः भएको खैबर पख्तुनख्वाको प्रान्तीय आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा जानकारी गराए । 

स्थानीय प्रहरीका अनुसार बुधबारदेखिको द्वन्द्वमा ४३ जनाको मृत्यु हुनुका साथै १८३ जना घाइते भएका छन् । पाकिस्तानको मानव अधिकार आयोगले द्वन्द्वले सर्वसाधारणमा क्षति पुर्‍याउनुका साथै आवागमन अवरुद्ध भएको जनाएको छ ।

पाकिस्तानमा लामो समयदेखि सुन्नी र सिया समुदायबीच विवाद रहेको छ। कुर्रम पूर्व आदिवासी क्षेत्रको हिस्सा हो। यसलाई सन् २०१८ मा खैबर पख्तुनख्वा प्रान्तमा गाबिएको थियो ।   

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।