नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिद गर्न क्यानले निकाल्यो सूचना

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिदका लागि सार्वजनिक सूचना निकालेको छ ।
अगस्ट १६ तारिखसम्मको समयसीमा दिएर शुक्रवार सार्वजनिक सूचना निकालेको हो ।

फ्रेन्चाइज खरिदका लागि चारवटा मापदण्ड तोकिएको छ ।
जसअनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्ने, भ्याटमा दर्ता र करचुक्ता प्रमाणपत्र अद्यावधिक भएको हुनुपर्ने छ ।
यस्तै, विदेशी कम्पनीको हकमा नेपाली कम्पनीसँग साझेदारी गरेको हुनुपर्ने र कम्पनी र कम्पनीमा रहेका व्यक्तिहरु विगतमा कुनै आपराधिक संलग्नता नभएको हुनुपर्ने तोकिएको छ ।
दरखास्तका लागि १ लाख रुपैयाँ शुल्क तोकिएको छ ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।