ईपीएस भाषा परीक्षामा करिब ९ हजार उत्तीर्ण

काठमाडौं : उत्पादनमुलकतर्फ दोस्रो चरणको ईपीएस भाषा परीक्षामा करिब ९ हजार परीक्षार्थी उत्तीर्ण भएका छन्। दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि सञ्चालन भएको दोस्रो चरणको परीक्षाको नतिजा सोमबार सार्वजनिक भएको हो। दक्षिण कोरियाको मानव संसाधन विकास सेवाका अनुसार ८ हजार ९६५ उत्तीर्ण भएका हुन्।
प्रकाशित नतिजा अनुसार ९५ प्रतिशतभन्दा बढी अंक ल्याउने उत्तीर्ण भएका हुन्। पहिलो चरणको परीक्षामा ६ हजार ३२१ जना उत्तीर्ण भएका थिए।

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
