सन्दीप र दीपेन्द्रको टोलीको पहिलो जित

आइतबार राति भएको खेलम भ्यानकुभरले मोन्टेरियल टाइर्गस क्रिकेट क्लबलाई पाँच विकेटले हरायो । मोन्टेरियलले दिएको एक सय १० रनको विजय लक्ष्य भ्यानकुभरले १८.४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।
भ्यानकुभरको जितमा रिजा हेनरिक्सले सर्वाधिक ३९ रन बनाउनुभयो । कप्तान उस्मान ख्वाजाले ३१ र रिचि बेरिङ्टनले १७ रन बनाउनुभयो । बलिङमा मोन्टेरियलका लागि गेहार्ड इरास्मस र अजमतुल्लाह उमरजाईले दुई दुई विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टाइगर्सले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय नौ रन बनाएको थियो । भ्यानकुभरको जितमा सन्दीप लामिछानेले दुई विकेट लिनुभयो । भ्यानकुभरले ६ टोली सहभागी प्रतियोगितामा तीन अङ्क जोड्दै तालिकाको अन्तिममा रहेर लिग सकेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
