मधेश : मेयरमा हारेर सांसद बनेका आलम, पहिले मन्त्री अहिले राज्यमन्त्री

जनकपुरधाम । मधेश प्रदेशमा मङ्गलवार मुख्यमन्त्री सतिश कुमार सिंहले पाँच राज्यमन्त्री थपे । जसमा नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मोहम्मद जैद आलम चर्चामा छन् ।
पहिलो पटक क्याबिनेट मन्त्री भइसकेका आलम दोस्रो पटक राज्यमन्त्री बनेकाले उनको आलोचना भइरहेको छ ।

पहिलो पटक ०७९ माघ २० मा जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको सरकारमा महिला बालबालिका युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए ।
आलम रौतहट क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् । उनी त्यसअघि राजपुर नगरपालिकाका मेयरमा पराजित भएका थिए ।
मेयरमा पराजित भए पनि प्रदेश सांसदको टिकट पाएर निर्वाचित भएपछि त्यति बेला ‘भाग्यशाली’को रूपमा चर्चा पाए । अहिले उनै आलम ‘स्वार्थी नेता’ रहेको टीकाटिप्पणी भइरहेको छ ।
राज्यमन्त्री आलमले पदभन्दा पनि कामलाई आफूले प्राथमिकता दिएको बताए । ‘स्वार्थी नेता’को रूपमा हेर्न नहुने भन्दै पार्टीको निर्णयलाई स्वीकार गर्नुपर्ने भएर राज्यमन्त्री बनेको बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
