खेलकुद

नेपाल-भारतबीचको भलिबल फाइनल हेर्न प्रधानमन्त्री जाने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज काभा वुमन्स नेसन्स भलिबलको फाइनल खेल हेर्न जाने भएका छन् ।

लोक कल्याणकारी विज्ञापन

प्रतियोगिता अन्तर्गत आज नेपाल र भारत बिच हुने फाइनल खेलको समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उहाँको सचिवालयले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

नेपाल र भारतको फाइनल खेल दशरथ रंगशाला कभर्डहलमा बुधवार साँझ पाँच बजे सुरु हुनेछ ।

बिज्ञापन

घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारतसँग खेल्दै छ ।

यस अघि समूह चरणको खेलमा नेपालले भारतलाई हराएको थियो । आजको फाइनल खेल निक्कै रोमाञ्चक हुँदै छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन