घटना

शिक्षकको घरबाट १५ तोला सुन चोर्ने युवक पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । धनगढीमा एक जना शिक्षकको घर फुटाएर सुन र चाँदीका गरगहनासहित नगद चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–४ को उत्तरबेहडीका शिक्षक योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गर्ने फुलबारीका हर्क गिरीलाई पक्राउ गरिएको छ ।

गिरीले कोही नभएको मौका छोपेर २३ गते बिहान ११ बजेतिर ओझाको उत्तरबेहडीस्थित घरको ढोका फुटाएर १५ तोला सुनका गरगहना, कम्तीमा ६० तोला चाँदीका गरगहना र २५ हजार रुपैयाँ नगद चोरी गरेका थिए ।ओझाले घरमा चोरी भएको प्रहरीलाई खबर गरेपछि  बिहीबार उनको खोजी गरिएको थियो । प्रहरीले बिहीबार राति करीब १२ बजेको समयमा एलएनचोकस्थित अमित प्लाजा नजिकैको कोठामा  फेला पारेको थियो ।

बिज्ञापन

गिरीको साथबाट चाँदीका गरगहना बरामद गरिएपनि सुनका गरगहना भने नभेटिएको प्रहरी स्रोतले जनाएको छ । गिरीमाथि अनुसन्धान जारी छ । प्रहरीले सीसीटीभी फुटेको आधारमा गिरीको पहिचान गरेको थियो ।यसअघि हसनपुरमा बस्दै आएक एक जना डाक्टरको घरमा चोरी गरेको मुद्दामा पनि गिरी पक्राउ परेका थिए । उनी कैलाली कारागारबाट कैद भुक्तान गरि हप्तादिन अघि मात्र छुटेका थिए । 
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।