खेलकुद

ओलम्पिकमा स्वर्ण जितेका पाकिस्तानी अर्सदलाई ससुराले दिए भैँसी उपहार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेका ज्याभ्लिन थ्रो खेलाडी अर्सद नदिमलाई ससुराले उपहार स्वरुप भैँसी दिएका छन् ।

नदिमले भारतीय खेलाडीलाई पछाडि पार्दै ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए । ओलम्पिकमा पाकिस्तानले व्यक्तिगत स्पर्धामा पहिलोपटक स्वर्ण पदक जितेको हो ।

बिज्ञापन

अर्सदका ससुरा मोहम्मद नवाजले भैँसीलाई आफ्नो ग्रामीण समाजमा हार्दिक उपहार र सम्मानका रुपमा लिइने बताए । उनले भैँसीलाई मुल्यवान र सम्मानित मानिने बताए। नवाजका चार छोरा र तीन छोरी छन्। छोरीमध्ये एकलाई अर्सदले विवाह गरेका छन् ।

अर्सद गाउँमै हुर्किएकाले भैँसी उपहार उनका लागि अझ अर्थपूर्ण भएको उल्लेख गरे । नदिम पन्जाबस्थित खानेवालमा आमाबुबा र दाजुभाईसहित बस्दै आएका छन् । नदिमका दुई छोरा र एक छोरी छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।