अवर्गीकृत

डोटीमा बस दुर्घटना : १७जना घाइते, ४ को अवस्था गम्भीर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डोटी : डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईका अनुसार दिपायल सिलगढी नगरपालिका–४ समुहगाड स्थित शुक्रवार बिहान ५ बजेतिर बस दुर्घटनामा परेको हो।

बिज्ञापन

दुर्घटनामा परि घाइते भएकाहरूको राजपुर स्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। ४ जना घाइतेहरूको अवस्था गम्भीर रहेको र बाँकी सामान्य रहेको डिएसपी भट्टराईले बताए। 

बस सडकबाट करिब ३५ मिटर तल खसेको छ। दुर्घटना उकालोमा भएकले केही प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ। बाँकी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।