घटना

कुटाइबाट श्रीमतीको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

देउखुरी,साउन ३१ गते । देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका –९ स्याले निवासी चक्रबहादुर (श्यामकुमार) कुमालको कुटपिटबाट उनका श्रीमती अन्दाजी ४० वर्षीया ईश्वरी कुमालको मृत्यु भएको हो । 

कुटपिटबाट मृत्यु भएका ईश्वरीलाई छोडेर श्यामकुमार भागेका थिए । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । मृतकका श्रीमान श्यामकुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

बिज्ञापन

स्थानीयका अनुसार कुमाल दम्पती दैनिक मादक पदार्थ सेवन गर्ने, झैंझगडा गर्ने गर्दथे । अहिले ईश्वरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । उहाँका तीन छोरी एक छोरा छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।