कैलालीमा म्याजिकसँग मोटरसाईकल ठेक्किदा मोटरसाईकल चालकको मृत्यु

धनगढी । कैलालीको गेटा मेडिकल नजिकै सोमबार साँझ म्याजिकसँग ठोक्किएर भएको दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका २ घर भएका ४१ वर्षीय शिवराम चौधरीको उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ से ६ प८४२३ नम्बरको मोटरसाईकल र गोदावरी १ का २७ वर्षीय प्रकाश बोहराले चलाएको म १ ज १६१ भाडाको म्याजिकसँग ठोक्किएको थियोे ।
मोटरसाईकल पछाडि सवार धनगढी उपमहानगरपालिका ३ बस्ने ३४ वर्षीय रामप्रसाद चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
म्याजिकमा सवार कञ्चनपुरको पुनर्वास नगरपालिका६ बस्ने ९ वर्षीया अविशा श्रेष्ठ र ५ वर्षीय आयान श्रेष्ठ सामान्य घाइते भएका छन् ।उनीहरूको माया मेट्रो अस्पतालमा उपचार जारी छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
