अवर्गीकृत

सामान्य शल्यक्रिया गर्न गएकी सम्झनाको मृत्युबारे छानबिन गर्न भरतपुर अस्पतालमा समिति गठन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चितवन । पाठेघरमा पलाएको मासुको बायप्सी गर्न भरतपुर अस्पताल गएकी सम्झना काफ्लेको मृत्युको कारण खोज्न छानबिन समिति गठन गरिएको छ ।

आफन्तले चिकित्सकको लापरबाहीको कारण सामान्य शल्यक्रिया गर्न अस्पताल गएकी काफ्लेको निधन भएको बताएपछि चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठक राखेर छानबिन समिति गठन गरिएको हो ।

बिज्ञापन

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भरतपुर अस्पतालका सिनियर डाक्टर प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय सर्वपक्षीय छानबिन समिति गठन गरिएको हो ।

समितिका सदस्यहरुमा क्यान्सर अस्पतालका एनेस्थेसिया डाक्टर प्रदिप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अन्तिम सिंजाली रहेका छन् । त्यसैगरि मृतकका आफन्तका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल र मन्दिरा काफ्ले रहेका छनु । भरतपुर अस्पतालका शाखा अधिकृत तुलसीराम आचार्यलाई सदस्य सचिव तोकिएको पनि प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

छानबिन समितिले ७ दिनभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई पनि उक्त घटनाबारे छानबिन गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । समिति गठन भएपछि मृतकका आफन्तले पनि शव बुझेर लैजाने सहमति गरिएको प्रजिअ यादवले जानकारी दिए ।

सोमबार पाठेघरको मासुको जाँचको लागि वायप्सी गर्नको लागि भरतपुर अस्पताल भर्ना भइ मंगलबार सामान्य शल्यक्रिया गर्ने भनिएपनि एनेस्थेसिया लगाएपछि नै मुटुको समस्या भएर काफ्लेको स्वास्थ्य गम्भीर भएको थियो । गम्भीर अवस्थामा भरतपुर अस्पतालकै आइसियूमा उपचार गरिएकी काफ्लेको राती निधन भएको चिकित्सकले घोषणा गरेका आफन्तले जनाएका छन् ।

डाक्टरले एनेस्थेसिया लगाउने क्रममा गम्भीर अवस्था भइ मृत्यु हुने हजारौँमा एक जना हुने बताएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।