मोहना नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता

धनगढी, भदौ ५ गते । कैलालीमा भएको भारी वर्षाका कारण मोहना र यसका सहायक नदीहरुमा पानीको बहाव बढेको छ । निरन्तर भइरहेको वर्षाका कारण बाढी आइ नदीहरुमा पानीको बहाव सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । नदीहरुमा पानीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रमा डुबान भइरहने होचा भूभागमा रहेको बस्तीमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
जिल्लाको अधिकांश स्थानमा पछिल्लो छ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण खोलानालामा बाढी आएपछि केही क्षेत्रमा डुबान भएको छ ।

गौरीगंगा नगरपालिका–७, ९ स्थित महदेवा, कम्दा, भगवानपुर, शङ्करपुर र घोडाघोडी नगरपालिका–९ मा केही घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
