घटना

रुकुमपूर्वमा अरिंगालको टोकाइबाट युवकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुकुमपूर्व : अरिंगालको टोकाइबाट रुकुमपूर्वमा युवकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। जिल्लाको भूमे गाउँपालिका-९ चुनवाङका २७ वर्षीय न्युटन घर्तीको बिहीबार बिहान उपचारका क्रममा रुकुमपूर्व अस्पतालमा मृत्यु भएको हो। 

लोक कल्याणकारी विज्ञापन

सिस्ने गाउँपालिका-७, नाथिघाटका २४ वर्षीय कमल रेउलेको भने रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

लोक कल्याणकारी विज्ञापन

प्रहरी निरीक्षक भट्टराईका अनुसार बुधबार अपराह्न ४ बजेको समयमा घर्ती र रेउले सिस्ने गाउँपालिका-५ को धौलापैरा जंगलमा अरिंगाल पोल्ने क्रममा अरिंगालको टोकाइबाट घाइते भएका थिए। घाइतेलाई उपचारका लागि रुकुमपूर्व अस्पताल ल्याइएको थियो। उपचारको क्रममा घर्तीको मृत्यु भएको अस्पतालले जनाएको छ। रेउलेको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको र अहिले अवस्था सामान्य रहेको प्रहरी प्रहरीको भनाइ छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन