रुकुमपूर्वमा अरिंगालको टोकाइबाट युवकको मृत्यु

रुकुमपूर्व : अरिंगालको टोकाइबाट रुकुमपूर्वमा युवकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। जिल्लाको भूमे गाउँपालिका-९ चुनवाङका २७ वर्षीय न्युटन घर्तीको बिहीबार बिहान उपचारका क्रममा रुकुमपूर्व अस्पतालमा मृत्यु भएको हो।
सिस्ने गाउँपालिका-७, नाथिघाटका २४ वर्षीय कमल रेउलेको भने रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

प्रहरी निरीक्षक भट्टराईका अनुसार बुधबार अपराह्न ४ बजेको समयमा घर्ती र रेउले सिस्ने गाउँपालिका-५ को धौलापैरा जंगलमा अरिंगाल पोल्ने क्रममा अरिंगालको टोकाइबाट घाइते भएका थिए। घाइतेलाई उपचारका लागि रुकुमपूर्व अस्पताल ल्याइएको थियो। उपचारको क्रममा घर्तीको मृत्यु भएको अस्पतालले जनाएको छ। रेउलेको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको र अहिले अवस्था सामान्य रहेको प्रहरी प्रहरीको भनाइ छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
