सुनको मूल्य तोलामा ११ सयले घट्यो
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ, भदौ ६ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बिहीबार तोलामा रु. एक हजार एक सयले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजार रुपियाँमा कारोबार भएकामा आजका लागि एक लाख ५१ हजार नौ सय रुपियाँ निर्धारण भएको छ । बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो ।
बिज्ञापन

यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपियाँले कम भई आज एक हजार आठ सय ३० रुपियाँमा कारोबार भएको छ । रासस
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
