राजनीति

बयानपछि रवि लामिछाने- प्रमाण छ भनेर संसदमा कुर्लनेले दिन सकेनन्, मलाई हदैसम्म दु:ख दिइयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरेका छन्। चितवनको राप्ती नगरपालिकाको डडुवामा आज आयोजित पार्टी कार्यक्रममा बोल्दै प्रमाण छ भन्नेहरुले अहिलेसम्म दिन नसकेको बताए।

हिजो राति १ बजेसम्म संसदीय छानबिन समितिको सोधपुछमा बसेर आज बिहानै चितवन पुगेका लामिछानेले कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै भने, ‘प्रमाण छ भनेर कुर्लनेले न संसद, न संसदीय छानबिन समिति वा न सरकारलाई नै प्रमाण दिए। प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु।’

बिज्ञापन

संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुख दिएर आफ्नो बद्नाम गर्न खोजिएको दोहोर्‍याए। अहिले कांग्रेस र एमाले फेरि अवसर नआउला कि जसरी मिलेर बनाएको सरकारले जनताको पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टी गर्न चुनौती दिए।

उनले थपे, ‘सामान्यतया संसदका दुई ठूला दलको सरकार बन्नु राम्रो होइन। तर, जनताको पक्षमा सरकारले प्रभावकारी काम गर्न सकेन भने यो अबसर उहाँहरुको लागि ‘अन्तिम भोज’जस्तै हुनेछ।’

भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने दोहोर्‍याउनु भएका सभापति लामिछानेले त्यसविरुद्ध संसदबाटै प्रतिवाद गरिने तर बहुमतको बलमा पेल्ने खोजिए परिणाम नराम्रो हुने चेतावनी दिए। ‘संसदमै कडा प्रतिवाद गछौं, सुनुवाइ नभए जुनसुकै हदमा पनि जान सक्छौं’ उनले भने।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।