अवर्गीकृत

युवती बेपत्ता बनाइ हत्या गर्नेलाई कारबाही माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बेनी  : म्याग्दीको बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मीना परियारलाई बेपत्ता बनाइ हत्या गर्ने घटनामा संलग्न सबैलाई पक्राउ, सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै बुधबार बेनीमा प्रदर्शन भएको छ। दलित एकता सञ्जाल, परियार सेवा र मिजार समाज म्याग्दीले आयोजना गरेको र्‍याली बेनी बजार परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। 

परिवार सेवा समाज म्याग्दीका अध्यक्ष प्रेम परियारले गैरदलितसँगको प्रेम सम्बन्धका कारण गर्भवती अवस्थामा बेपत्ता बनाइ हत्या गरिएकी मीनाको कंकाल भेटिए पनि सबै आरोपीलाई पक्राउ गरि अनुसन्धानमा ढिलाइ भएकाले दबाब दिन कार्यक्रम गरिएको बताए। 

बिज्ञापन

‘६ महिनाकी गर्भवती मीनालाई बेपत्ता बनाउने उनका प्रेमी राम खत्रीलगायत पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छौं,’ मीनाकी भाउजू कमला बर्देवाले भनिन्, ‘जंगलमा गाडिएको अवस्थामा भेटिएको कंकाल, गहना र कपडा मिनाकै भएको पहिचान गरेर जाहेरी दिए पनि प्रक्रियाको बाहनामा सबै आरोपीलाई पक्राउ नगर्दा दोषी उम्कने खतरा छ।’ 

गत साउन २७ गते बेनी नगरपालिका–९ आँखखेत कालीमूलको जंगलमा गाडिएको अवस्थामा भेटिएको मानव कंकाल, सुनको सिक्री, कपडा र चप्पल २०८० पुस १६ गतेदेखि बेपत्ता मीनाको भएको पहिचान गरेका आफन्तले साउन ३० गते प्रेमी राम खत्रीलगायत पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरी हिरासतमा राखिएको र एक जना फरार रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बताए। गंगटा खोज्न गएकाहरूले गाडिएको अवस्थामा मानव कंकाल देखेपछि जनप्रतिनिधिमार्फत प्रहरीलाई खबर गरेका थिए।
 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।