अवर्गीकृत

झापामा नाबालिगमाथि सामूहिक बलात्कार- ६ जना पक्राउ, एक फरार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर । १५ वर्षीया नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा झापा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका- ५ मा किशोरीलाई सातजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न एकजना फरार छन् ।

शुक्रबार राति ती युवाले किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बलात्कारको घटनामा संलग्न आरोपमा अर्जुनधारा नगरपालिका-५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा-८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर पक्राउ परेको बताए । यस्तै अर्जुनधारा-८ का १९ वर्षीय सुनील राजवंशी र सुदीप श्रेष्ठ र सुजन डाँगीलाई पक्राउ गरिएको छ ।

डीएसपी चन्दका अनुसार लिम्बू, राई र मगरले शुक्रबार साँझ अर्जुनधारा-८ नयाँ बजारस्थित बाख्रा हाटको फलैँचामा ती बालिकालाई बलात्कार गरेका थिए । राति ११ बजेतिर अर्जुनधारा-७ स्थित लंका होटेल एन्ड रिर्सोर्टमा अर्जुनधारा-७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले सामूहिक बलात्कार गरेको उनले सुनाए ।

डीएसपी चन्दका अनुसार प्रहरीले घटनाबारे शनिबार साँझमात्र जानकारी पाएको थियो । पीडित बालिकाको उपचार भइरहेको छ । घटनामा संलग्नमध्ये तामाङ फरार छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।