अवर्गीकृत

खाल्डोमा डुबेर एक किशोरको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सर्लाही । जिल्लाको ईश्वरपुर नगरपालिका–५, सखुवनी नजिक फूलजोर खोलामा क्रसरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर वडा नं ४ सागरनाथका १७ वर्षीय निशान थापामगर हुन् । मगर फुटबल खेल्न साथीसँगै सखुवनी आएकी थिइन् । क्रसरले खनेको खाल्डो निकै गहिरो भएकाले मृतक शव निकाल्न गोताखोर ल्याउनु परेको थियो ।

सशस्त्र प्रहरी बर्दीवासस्थित बाहिनीबाट गोताखोर टोली आएर किशोरको शव निकालेको थिए । क्रसरको लापरवाहीका कारण किशोरको मृत्यु भएको भन्दै स्थानीय र आफन्तले क्षतिपूर्ति माग गरि शव पोष्टमार्टमका लागि मलंगवा पठाउन दिएका छैनन् । सहमतिको प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ।

बिज्ञापन

उता जिल्लाकै ब्रह्मपुरी गाउँपालिका -२ मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर–२ का ६ वर्षीय अंकित साह रहेका छन् । नजिकैको रामजानकी मठको पोखरीमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । बालकको शव गाउँलेले पोखरीबाट निकालेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।