सुदूरपश्चिम प्रदेश

धनगढीमा देउवाको घर अगाडिको शङ्कास्पद वस्तु निष्क्रिय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: धनगढीमा रहेको काँग्रेस सभापति शेरबहादुर देउवाको घर अगाडिको शङ्कास्पद वस्तु निष्क्रिय पारिएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति देउवाको धनगढीस्थित निवास अगाडि शनिवार राति शङ्कास्पद वस्तु फेला परेको थियो। आइतवार बिहान नेपाली सेनाको टोलीले निष्क्रिय गरेको हो।

धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिवार राति शङ्कास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय कैलालीले १ बजे पाएको थियो ।

बिज्ञापन

नेपाल प्रहरी त्यसलगत्तै शङ्कास्पद बस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाले दुई टोली पुगेको थियो। बिहान ५ बजे पुगेको टोलीले शङ्कास्पद बस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र उक्त भाँडो भित्र माटो भरेर त्यहाँ राखिएको थियो। त्रास फैलाउने र चेतावनी दिने शैलीमा त्यहाँ शङ्कास्पद बस्तु राखिएको प्रहरीले अनुमान गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।