सुदूरपश्चिम प्रदेश

धनगढीमा देउवाको घर अगाडिको शङ्कास्पद वस्तु निष्क्रिय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: धनगढीमा रहेको काँग्रेस सभापति शेरबहादुर देउवाको घर अगाडिको शङ्कास्पद वस्तु निष्क्रिय पारिएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति देउवाको धनगढीस्थित निवास अगाडि शनिवार राति शङ्कास्पद वस्तु फेला परेको थियो। आइतवार बिहान नेपाली सेनाको टोलीले निष्क्रिय गरेको हो।

लोक कल्याणकारी विज्ञापन

धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिवार राति शङ्कास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय कैलालीले १ बजे पाएको थियो ।

लोक कल्याणकारी विज्ञापन

नेपाल प्रहरी त्यसलगत्तै शङ्कास्पद बस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाले दुई टोली पुगेको थियो। बिहान ५ बजे पुगेको टोलीले शङ्कास्पद बस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

बिज्ञापन

झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र उक्त भाँडो भित्र माटो भरेर त्यहाँ राखिएको थियो। त्रास फैलाउने र चेतावनी दिने शैलीमा त्यहाँ शङ्कास्पद बस्तु राखिएको प्रहरीले अनुमान गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन