नेकपा एसको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छ्न् ।
घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।
बिज्ञापन

डेढ महिनाअघि अध्यक्ष र महासचिव सर्वसम्मत गरेको नेकपा एसले पदाधिकारी र पोलिटब्युरो सदस्य मतदानबाट टुंग्याउन लागेको हो ।केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट अब ६ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् । त्यस्तै १०५ जना पोलिटब्युरो सदस्य निर्वाचित हुने छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
