राजनीति

जम्बो पदाधिकारी टोलीसहित अध्यक्ष प्रचण्ड आज धनगढी आउँदै, परराष्ट्रमन्त्री देउवा पनि आज पुग्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी आउने भएका छन् । पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन प्रचण्ड आज धनगढी आउन लागेका हुन्।

प्रचण्डसहित पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू पनि धनगढी आउने भएका छन्। उपमहासचिव पोखरेल अहिले माओवादीको सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।

बिज्ञापन

माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक आज बिहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ ।

दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी हुने माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिएका छन् । बैठकको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

पार्टीलाई कसरी मजबुत बनाउने भन्नेबारे नेताहरूको सुझाव संकलन गर्नका लागि बैठक आयोजना गरिएको प्रदेश सचिव बुढाले बताए । पार्टी निर्माणका लागि नेताहरूको सुझाव संकलन गर्न माओवादीले सातवटै प्रदेशमा बैठकहरू तय गरेको छ ।

सुदूरपश्चिममा पार्टीभित्र देखिएको विवादबारे पनि बैठकमा छलफल हुने माओवादी नेताहरूले बताएका छन् । माओवादीले यसअघि बाग्मती र गण्डकीमा परामर्श बैठक सम्पन्न गरिसकेको छ ।

त्यस्तै काङ्ग्रेस नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि आज धनगढीमा आउँदैछिन् । गौरा पर्वमा सहभागी हुन उनी धनगढी आउन लागेकी हुन्।

केहीदिन पहिले आरजु निवासमा शङ्कास्पद फेला परेको थियो। सुरक्षा निकायले उक्त वस्तु बम हो की होइन भन्ने पुष्टि गरेको छैन। अहिले निवास आसपासमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।