सुनको मूल्य हालसम्मकै उच्च
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ, भदौ १२ गते । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबारका सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि भदौ ५ गते एक लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा आठ सय रुपियाँले सुन महँगिएको हो ।
बिज्ञापन

अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार तीन सय रुपियाँ थियो । चाँदीको मूल्य तोलामा पाँच रुपियाँ बढेको छ । अघिल्लो दिन १८५० रुपियाँ रहेको चाँदी आज एक हजार ८५५ कायम भएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
