बाँकेमा बस दुर्घटना: दुईको मृत्यु,२७ जना घाइते
लोक कल्याणकारी विज्ञापन

नेपालगन्ज : बाँकेमा बस दुर्घटना हुँदा दुईजना यात्रुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले दुर्घटनामा दुईजना यात्रुको मृत्यु भएको छ भने २७ जना घाइते भएको जानकारी दिए।
घाइतेहरूको उद्धार गरी नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर-नेपालगञ्ज सडकखण्डको जानकी गाउँपालिका-६ कोठारपुरमा बिहीबार बिहान दुर्घटना भएको हो।
बिज्ञापन

प्रहरीका अनुसार बसका चालकलाई नियन्त्रणमा लिएको छ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
