आस्था /आध्यात्म

सन्त निरंकारी च्यारिटेबल फाउण्डेशनलाई जन कल्याणको लागि गरियो सम्मानित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दिल्ली, २९ अगस्त । सत्गुरु माता सुदीक्षा जी महाराजको दिव्य मार्गदर्शनमा कार्यरत निरंकारी मिशनको सामाजिक शाखा सन्त निरंकारी च्यारिटेबल फाउण्डेशनलाई समाज कल्याणार्थ विवान्त होटल, द्वारका, दिल्लीमा आयोजित सी.एस.आर शिखर सम्मेलनको ११औं संस्करणको पुरस्कार समारोहमा यू.बी.एस. फोरमद्वारा यस वर्षको सबैभन्दा प्रभावशाली एन.जी.ओ. को रुपमा सम्मानित गरिएको छ ।

उक्त अवसरमा सम्मानित अर्वाडलाई प्राप्त गर्न सन्त निरंकारी मण्डलका केन्द्रिय सचिव जोगेन्दर सुखीजाको उपस्थिति रहेको थियो जसले यस गौरवशाली सम्मानलाई प्राप्त गर्दै भन्नुभयो कि सन्त निरंकारी च्यारिटेबल फाउण्डेशनलाई प्राप्त भएका यस प्रकारका अनेकौं विशेष पुरस्कार विभिन्न सामाजिक र धर्मार्थ प्रयासमा गरिएका प्रभावशाली कार्यलाई उजागर गर्दछ जो सत्गुरु माता जी एवं निरंकारी राजपिता जीको अनमोल एवं प्रेरणादायक शिक्षाहरुको नै सुन्दर परिणाम हो । निसन्देह यो क्षण हामी सबैको लागि एक गौरवमय क्षण हो ।

बिज्ञापन

सन्त निरंकारी च्यारिटेबल फाउण्डेशन समाजका प्रत्येक क्षेत्रमा आफ्नो कल्याणकारी परियोजनाहरुलाई क्रियान्वित गरेर आफ्नो सकारात्मक भूमिका निभाई रहेको छ जसमा शिक्षा, स्वास्थ्य एवं वातावरण संरक्षण आदि विशेष रहेका छन् । यस कार्यक्रम अन्र्तगत एस.एन.सी.एफ. का स्वयंसेवकहरुद्वारा एक अन्र्तक्रियात्मक कार्यक्रमको माध्यमबाट मिशनद्वारा गरिएका विभिन्न प्रभावशाली कार्यहरुलाई पनि प्रदर्शित गरियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।