सुदूरपश्चिम प्रदेश

शिक्षा नियमावली विपरीत प्रधानाध्यापक नियुक्त गरेपछि विद्यार्थी आन्दोलित, शिक्षकलाई भित्रै थुनेर मूल गेटमा ताला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले शिक्षा नियमावली २०५९ विपरीत प्रधानाध्यापक नियुक्त गरेपछि विद्यार्थीले आन्दोलन सुरु गरेका छन्।

शिक्षा नियमावली २०५९को नियम ९३ मा विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई प्रदान गरेको छ । तर, नगरपालिकाले नियमावली विपरीत आफै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेपछि विद्यार्थीले आन्दोलन सुरु गरेका हुन् ।

बिज्ञापन

नगरपालिकाको गैर कानुनी नियुक्ति सच्चाउनु पर्ने भन्दै पहलमानपुरस्थित श्री कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आज विद्यालयमा तालाबन्दी गरेका छन् । उनीहरूले कार्यालय र मूल गेटमा ताला लगाएका हुन् । मुलगेटमा विद्यार्थीहरूले तालाबन्दी गर्दा अधिकांश शिक्षकहरू भित्रै थुनिएका छन् ।

यस अघि विद्यार्थीहरूले नगरपालिकाको शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहलाई माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनीसहितको प्रेस विज्ञप्ति बुझाएका थिए ।

‘नयाँ प्रअ पठाउने भन्ने सूचनाप्रति हामी अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको ध्यान आकर्षित भएको छ । प्रधानाध्यापक परिवर्तन तथा शिक्षक सरुवा कानुन सम्मत र विद्यार्थीहरूको पढाइलाई प्रभावित नपर्ने गरी गरिनुपर्छ ’ नगरपालिकामा विद्यार्थीहरूले बुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको विद्यार्थीहरूले बताएका छन् । विद्यालय यहाँसम्म ल्याई पुराउन शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहेको तर, अहिले नगरपालिकाले विद्यालयलाई धराशायी बनाउन लागेको उनीहरूको आरोप छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।