युवक मृत अवस्थामा फेला

हेटौँडा, भदौ १८ गते । हेटौँडा उपमहानगरपालिका–२ ओम भवननजिक भाडाको घरमा बस्दैआएका एक युवक मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले मकवानपुरको भीमफेदी गाउँपालिका–५ धुसेनी घर भई हाल हेटौँडा–२ स्थित आनन्द अग्रवालको घरको दोस्रो तलामा भाडामा बस्दैआएका कृष्ण रुचाल मगर सोमबार साँझ मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

२४ वर्षीय कृष्ण सुत्ने कोठाको भुईँमा निजको काकाको छोरी रविना रुचाल मगरले कृष्णलाई बेहोस अवस्थामा देखेर वडा प्रहरी कार्यालय हेटौँडामा जानकारी गराएपछि प्रहरीले निजको मृत्यु भइसकेको अवस्थामा पाएको जनाएको छ । शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
