घटना

डडेल्धुराकी टिकटकर विमला झुण्डिएको अवस्थामा मृत भेटिइन्

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन् ।

गन्यापधुरा गाउँपालिका-३ की २१ वर्षीया विमला देउवा घरमै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कार्कीले जानकारी दिए । विमला टिकटकरसमेत हुन् । टिकटकमा उनका २ लाख २४ हजार फलोअर छन् ।

बिज्ञापन

हिजो झुन्डिएको अवस्थामा मृत भेटिएकी देउवाको बारेमा अनुसन्धान भइरहेको कार्कीले बताए

विमलाका बुवाको केही समयअघि मृत्यु भएको थियो । दाजु भने विदेशमा छन् ।

महाकालीमा फाल हानेकी ममता पनि मृत फेला

यता, १३ गते महाकाली नदीमा हाम फालेकी १६ वर्षकी अर्की किशोरी पनि मृत भेटिएकी छन् । डडेल्धुरा परशुराम नगरपालिका-५ परिगाउँमा दार्चुलाको नौगाड गाउँपालिका-४ की १६ वर्षीया ममता टमटाको शव फेला भेटिएको प्रहरीले बताएको छ ।

बेवारिसे अवस्थामा फेला परेको शवको पाखुरामा ममता लेखेको देखेपछि सनाखत भएको डीएसपी कार्कीले जानकारी दिए ।

जिल्ला अस्पताल डडेल्धुरामा राखिएको शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ । दार्चुलाका सीडिओ यज्ञराज जोशीले १३ गते हाम फालेकी किशोरीको शव भेटिएको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।