कृषि

कैलालीमा अत्यधिक विषादी भएको गोलभेँडा भेटियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी : कैलालीको अत्तरियामा अत्यधिक विषादी भएको गोलभेँडा भेटिएको छ। अत्तरियाको तरकारी हाट बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाईले मंगलबार गरेको परीक्षणमा रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरिएको गोलभेँडामा विषादी भेटिएको हो।

विषादी अवशेष द्रुत विश्लेषण इकाईका अनुसार उक्त गोलभेँडामा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ। जुन खान अयोग्य हो।

बिज्ञापन

प्रयोगशालाका अनुसार ३५ प्रतिशत भन्दा कम अर्गानोफस्फोटको रोकावट दर भेटिएमा खान योग्य हुन्छ भने ३५ देखि ४४ प्रतिशत रोकावट दर भेटिए केही दिन पर्खिएर खान मिल्ने हुन सक्छ। ४५ भन्दा मार्थी रोकावट दर भेटिए नष्ट गर्ने गरिएको छ।

विषादी भेटिएको एक क्विन्टल गोलभेँडा पनि नष्ट गरिएको छ। विषादी अवशेष द्रुत विश्लेषण इकाईले दैनिक तरकारी र फलफूलको नमुनाको विषादी परीक्षण गर्दै आएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।