सुदूरपश्चिम प्रदेश

पबीले पाइन् नागरिकता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम : साँफेबगर नगरपालिका–३ डिक्रेनीकी पबि रावतले नागरिकता पाएकी छन्। ४÷५ वर्षदेखि नागरिकताका लागि भौतारिँदै आएकि पबिले बिहीबार नागरिकता पाएकी हुन्। प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले पबिलाई नागरिकता प्रदान गरेका हुन्। 

नागरिकता पाएपछि निकै खुसी लागेको पबिले बताइन्। उनले भनिन्, ‘मेरा लागि तमि सबै भगवान् बनेर आया, आज मेरो ठूलै सपना पूरा भयो। अब घर बिजुलीको लागि मिटर राख्छु। छोराको नागरिकता बनाउँछु।’ पबिले घर झिलिमिली बनाउने सपनासमेत पूरा भएको भन्दै खुसी व्यक्त गरिन्। पबिका ससुरा ज्योति रावतले नागरिकतामा सनाखत गरेका हुन्। प्रजिअ लम्सालले कोही नहुनेको साथमा राज्य हुनुपर्ने बताए।  उनले भने, ‘पबि जस्ता विपन्न बेसहाराहरू कागजात जुटाउन नसकेको अवस्थामा नागरिकता प्राप्तिबाट वञ्चित हुनुहुँदैन। यस्तो विषयमा सबैले सहजिकरण गर्नुपर्छ। मुख्य गरेर स्थानीय तह जनप्रतिनिधि र कर्मचारीहरूले समन्वय गर्न अति जरुरी हुन्छ।’ पबिले नागरिकता नपाएको समाचार गत भदौ १० गते अन्नपूर्ण पोस्ट्मा प्रकाशित भएको थियो। 

बिज्ञापन

महिला अधिकारकर्मी पशुपति कुँवरले पबिको नागरिकताको विषय अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार प्रकाशित भएपछि जानकारी पाएको र नागरिकताका लागि निकै सकस गर्नुपरेको बताइन्। नागरिकताका लागि कागजात तथा अन्य प्रक्रियामा जनप्रतिनिधिले साथ नदिँदा ढिलाइ भएको बताइन्। 

उनले भनिन्, ‘यो समाजले पबि जस्ता श्रीमान्बाट बेवास्ता गरेका महिलालाई बाँच्नै गाह्रो बनाउँछ। नागरिकताका लागि सासू–ससुरालाई मनाउनै कति समय लाग्यो। ढिलै भए पनि उनलाई नागरिकता दिलाउन सफल भएका छौं।’ जिल्लाका ४÷५ जना यस्ता महिलाहरूलाई नागरिकता दिलाउन सफल भएको अधिकारकर्मी कुँवरले बताइन्। पबिले दीपेन्द्र रावतसँग मागी विवाह गरेकी थिइन्। पबिको १९ वर्षको छोरा सुरेश छ। छोरा दुई वर्षको हुँदा उनको श्रीमान् रोजगारीका लागि भारत गएका र त्यसपछि सम्पर्कविहीन भएका हुन्। भारतकै एकजना महिलासँग बिहे गरेपछि दीपेन्द्र परिवारसँग सम्पर्कविहीन भएका उनका बुवा ज्योति रावतले बताए। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।