जलवायु

आज यी स्थानमा हावाहुरी र वर्षा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं :  आज दिउँसो  कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही ठाउँमा तथा बाँकी भू-भागको एक-दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार लुम्बिनी प्रदेशका तराई भू-भागका केही ठाउँमा भने हावाहुरी आउने छ। 

आज राती कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा सामान्य वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ।

बिज्ञापन

बिहीवार पनि कोशी र बागमती प्रदेशका केही पहाडी ठाउँमा सामान्य वर्षा भए पनि धेरै ठूलो पानी भने पर्ने छैन।

हावाहुरी र ठूलो पानी आउने सम्भावना भएका ठाउँहरुमा रहने मानिसहरुलाई सम्भावित संकटबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।