अवर्गीकृत

नेपालले प्रकोपबाट भोगेको क्षतिप्रति पाकिस्तानी प्रधानमन्त्री दुःखी,आवश्यक सहयोग गर्न तयार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहनबाज सरिफले नेपालमा पछिल्लो वर्षातले गरेको विनाश र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट  गरेका छन् ।

बिज्ञापन

सरिफले २ वर्षअघि आफ्नो देशले यस्तै बाढीबाट ठूलो क्षति भोग्नुपरेको स्मरण गर्दै पाकिस्तानले यो अवस्थामा नेपालसँग ऐक्यवद्धता जाहेर गर्दै आवश्यक सहयोगको लागि तयार रहेकाे बताएका छन् । केही दिनअघिमात्र न्युयोर्कमा दुई प्रधानमन्त्रीबीच वार्ता भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।