दाङ्गको तुलसीपुरमा वृहत सत्संग सम्पन्न

दाङ्ग, १६ असोज । दाङ्गको तुलसीपुरमा वृहत सत्संग सम्पन्न भएको छ ।

तुलसीपुर नगरपालिकाको गोलौरामा आयोजित सत्संग समारोहमा देहरादूनबाट आउनु भएका ज्ञान प्रचार भरत बहादुर ठाकुरले भन्नभुयो कि भक्ति केवल भन्नको लागि मात्र होइन वा कुनै परिभाषा होइन । भक्ति भन्नलाई सजिलो छ तर त्यसलाई निभाउन निकै अप्ठ्यारो छ । भक्त चाहे पातलमा बसेर भक्ति गरिरहेका हुन तिनीहरुको भक्ति लुकाएर लुक्दैन तिनै लोकमा प्रकाशित हुन्छ । नेपालको यो पाक–पवित्र धर्ति, देव भूमिमा विभिन्न प्रकार साधु–सन्त, तपि–तपेश्वरहरुले अनेकौ प्रकारबाट यहाँ इतिहास बनाएका छन् । नेपालमा मात्र नभएर पूरा भारतमा नेपालको प्रसिद्धि रहेको छ । जहाँ–जहाँ जान मिल्यो तिनीहरुले नेपालको जस्तो पाक–पवित्र त्यहाँको जस्तो जनसमुदायहरु जोकि भोलाभाला, सिधा–साध, इमानदार उनीहरुको जस्तो कोहि छैन । नेपालको निरंकारी मिशनको बारेमा यहाँसम्म भन्छन् कि भारतका सन्तहरुले भक्तिलाई देख्नु छ भने नेपालका सन्तहरुबाट देख्न सकिन्छ । भन्नु तात्पर्य सन्तहरुको प्रशंसा नै गुरुको प्रशंसा हो, उहाँले भन्नुभयो ।


सत्गुरु बाबा हरदेव सिंह जी महाराज २००१ मा नेपाल आउनु भएको स्मरण गर्दै उहाँले भन्नुभयो कि सत्गुरुलाई भोलापन मन पर्छ । सत्गुरु भोला भावको भोको छ, धनको होइन । यस विषयमा जागृत हुन आवश्यक छ । आज सत्गुरुले संसारमा गएर यसै विषयमाथि जागृत गरिरहेको छ । सत्गरुले सधैं यहि सन्देश दिनुहुन्छ कि हाम्रा सन्तहरु सधैं जागृत अवस्था रहुन । किनभने यदि हामी आफू जागृत छौ भने अरुलाई जगाउन सक्ने छौ । यदि हामी सुतेका छौ भने अरुलाई कसरी जागृत गर्न सक्छौ । भनिन्छ समझदारको ईशारा नै काफि छ । सत्गुरु माता जीले पनि भन्नु भएको छ कि बोलीबाट होइन, कर्मबाट आफ्नो पहिचान बाउनु छ । संसारमा बोल्ने वाला बोल्दै रहन्छन् तर विशेषता कर्मको रहेको छ । आज निरंकारी मिशनमा जुन विशेषता रहेको छ त्यो कर्मको रहेको छ, उहाँले सम्झाउनु भयो ।
आफ्नो जीवनमा घटेको प्रसङ्गको उल्लेख गर्दै उहाँले भन्नुभयो कि एक पटक आफू डिउटीबाट फर्केर आउँदै गर्दा बाटोमा क्रोधको बारेमा लेख्ने सोच बनाए । जब उनी आफ्नो घर पुगेर लेख्न शुरु गरे त्यति बेलासम्म विभिन्न बुँदाहरु उनको मनमा आइसकेका थिए जसले लेख लेख्न निकै सजिलो हुन गयो । उनी २÷३ पेज लेखिसकेका थिए तब उनको कान्छो छोरा स्कूलबाट आएर धन निरंकार भन्यो र केहि कुराहरु भन्न थाल्यो । त्यो देखेर उनलाई क्रोध आयो र चिल्लाउनु भयो । छोरा चुप लाग्यो । एकछिन पछि कान्छो छोरोले उनलाई सोध्यो कि बुवा के लेखि रहनु भएको छ, बुवाले भने क्रोधको बारेमा । तब उनको छोराले भन्यो मैले अलिकता पनि केहि कुरा भने हजूरलाई क्रोध आइहाल्यो ? आफ्नो छोराको शब्द सुनेर उनी नतमस्तक भए । तब उनलाई त्यो कुरा याद आयो जुन कुरा सन्त–महात्माहरुले सम्झाउनु हुन्थ्यो । भन्नको लागि त हामी अनेकौं प्रकारबाट भन्न सक्छौ, वेद, ग्रन्थहरुलाई कण्ठ गरेर त्यसलाई सुनाउन सक्छौ तर त्यसलाई व्यवहारमा भने ढाल्न सक्दैनौ । यसबाट जीवनको कल्याण कसरी हुन सक्छ, उहाँले बताउनु भयो ।

हामीले यस्तो कर्म बनाऔं, जस्तो सत्गुरुले खोजी रहेको छ । त्यो सतवचनीलाई हामी जीवनमा अपनाऔं । जोपनि गुरुको बचन आउँछ त्यसलाई स्वीकार गर्न सिकौं । आफ्नो मनको अनुसार कार्य नगरौं । गुरमतलाई अंगालेर अगाडि बढौं । सत्गुरुले हामीलाई बच्चा बनेर रहन सिकाउनु भएको छ । त्यसमा कुनै रिस, राग, कटु, वैमनस्यता हुँदैन । सधैं स्वच्छ ह्दयको हुन्छ । त्यस्तै प्रकारको ह्दय हामीले बनाउनु छ । सबैसंग प्रेम–नम्रताले बोल्नु छ । कसैसंग कटु बचनले बोल्नु छैन् । सधैं प्रेमको भाषा बोल्नु छ । जतिजति हामी सन्तहरुको चरणको धूलि बनेर रहने छौ, जतिजति हामी विन्रमतालाई धारण गरेर रहने छौ, जतिजति हामी आफ्नो बोलीबचन, कर्मलाई सत्गुरुको बचन अनुसार ढाल्ने छौभने त्यति–त्यति जीवन सुन्दर बन्दै जाने छ । यस्तो हरिको दर्शन सत्गुरुले हामीलाई गराउनु भएको छ । यसको दयाको कुनै अन्त छैन । दया धर्मको मूल हो, उहाँले बताउनु भयो ।
हामी सबै एक परिवारका सन्तान हौ, हाम्रो पिता एक छ । ब्रम्हज्ञान पनि एउटै हो । जुन प्रेम सत्गुरुले दिनुभएको छ त्यो प्रेम पनि सबै एउटै छ । सत्गुरुले सबैलाई सम भाव, सानताबाट अपनाउनु भएको छ । यस्ता सत्गुरुका हामी सबै बच्चा हौ । हामी सबै एउटै ईश्वरका सन्तान हौ भने किन हामीमा सानो–ठुलो, धनि–गरीब, कालो–गोरोको भेदभाव छ , यो सबै भ्रमको खेती हो । यसरी प्रेमको संसार बसाउने छौ भने दुनयाँ बच्ने छ, नफरतको संसारलाई बसाउँछौ भने दुनियाँ बच्न सक्ने छैन । आज सत्गुरु माता जीले युवाहरुमाथि ठुलो विश्वास गर्नु भएको छ कि उनीहरुको जीवनमा अध्यात्मिकताको प्रवेश होस । आजका युवाहरुमा पढाई–लेखाई धेरै भएपनि उनीहरुमा आध्यत्मिकता छैन । उनीहरुको मानसिकता विकृति र विसंगीतिर मोडिएको छ । यसरी सत्संगमा चरित्र निर्माण हुन्छ, यहाँ मानव बनाईन्छ । अन्तमा उहाँले युवाहरुलाई विकृति र विसंगीमा नफसेर मानव जीवन पाएको सार्थक गर्न सकौं भनि निवेदन गर्नुभयो ।
सत्संग कार्यक्रममा प्रविण बोहरा, टोप बहादुुर, पुष्पा, टेक बहादुर, हर्क, चन्द्रकला, दिन बहादुर, क्षेत्र, नेत्र, चन्दा, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य देवराज रिमाल, तुलसीपुर भवनकी मुखी शारदा जी.सि., विणा, सावित्रा, मिरा, गायक तेज बोहरा, देहरादूनबाट आउनु भएकी गीतकार तथा गायक शोभा ठाकुर, कौशिला रिमाल र विणा पाण्डेले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन पुष्पा डांगीले गर्नुभएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.